काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति दाबी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गरिने बताएकी छन्।
अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुनुअघि विज्ञहरूसँगको छलफलमा उनले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताइन्।
नेपालले जलवायु न्यायलाई प्राथमिकतामा राख्दै हिमाली तथा जलवायुजन्य विपद्का कारण भएको क्षतिको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने उनको भनाइ छ।
मन्त्री चौधरीले जलवायु संकट समाधानका लागि सरकारसँगै विज्ञ, नागरिक समाज, सञ्चारमाध्यम र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताइन्।





















प्रतिक्रिया