काठमाडौँ । रोजगारीका लागि भारतको उत्तराखण्डस्थित अलमोडा पुगेका कालिकोटका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ
रोजगारीका लागि भारतको उत्तराखण्डस्थित अलमोडा पुगेका कालिकोटका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ
मृत्यु हुनेमा नरहरीनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन् । वडाध्यक्ष प्रदीप बोहोराका अनुसार अविरल वर्षाका कारण उनीहरू बस्दै आएको कच्ची घर गएराति भत्किँदा दुवै जना पुरिएका थिए ।
मृतक दुवै जना परिवारको रोजीरोटीका लागि भारतमा काम गर्दै आएका थिए । उनीहरूको परिवारको आर्थिक अवस्था कमजोर रहेको र दुवैका बालबालिका १६ वर्षभन्दा कम उमेरका रहेको वडाध्यक्ष बोहोराले बताए ।
परिवारले मृतकको शव नेपाल ल्याएर अन्त्येष्टि गर्न चाहेको छ । शव नेपाल ल्याउन वडा र गाउँपालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको जनाइएको छ ।





















प्रतिक्रिया