सभामुख अर्यालको घोषणा : एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा


काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले हालैको भीषण बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

सभामुखका प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार अर्यालले एक महिनाको पारिश्रमिक कोषमा दिने निर्णय गरेका हुन् ।

त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट पनि नेपाल सरकारको निर्णयअनुसार रकम कट्टा गरी उक्त कोषमा जम्मा गरिने जनाइएको छ ।