काठमाडौँ । वीरगञ्जस्थित नेपाल टेलिकमको दूरसञ्चार कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएको भन्दै नेपाल टेलिकमले सडक डिभिजन कार्यालय हेटौंडाप्रति आपत्ति जनाएको छ ।
टेलिकमका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको र यथास्थितिमा संरचना राख्न आदेशसमेत भएको अवस्थामा भवन भत्काइएको हो । सडकको मध्यबिन्दुबाट २५ मिटर दायाँ–बायाँ संरचना हटाउने मापदण्डभन्दा बढी टेलिकम भवनतर्फ क्षति पुर्याइएको दाबी कम्पनीको छ ।
टेलिकमले दूरसञ्चारजस्तो अत्यावश्यक र संवेदनशील सार्वजनिक पूर्वाधारमा क्षति पुर्याइएको भन्दै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ । साथै, आगामी दिनमा कानुनी मर्यादा पालना गर्दै समन्वय र सहकार्य गर्न सम्बन्धित निकायसँग अपेक्षा गरेको जनाएको छ ।





















प्रतिक्रिया