२० अधिकृत प्रधानमन्त्री कार्यालयमा, को–को परे ?


काठमाडौं । संघीय संसद् सचिवालयले आफ्ना २० जना शाखा अधिकृतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न प्रधानमन्त्री कार्यालयको मागअनुसार उनीहरूलाई खटाइएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।

उनीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री कार्यालयमा खटाइएको हो।