१० दिनपछि सुरुङबाट उद्धार गरिएका साह सामान्य, महर्जनको अवस्था गम्भीर


काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका दुईमध्ये कबीर महर्जनको अवस्था जटिल रहेको छ भने सञ्जय साहको अवस्था सामान्य रहेको छ।

दोस्रो चरणमा उद्धार गरिएका महर्जनलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएर सघन उपचार भइरहेको छ।

सुरुमा उद्धार गरिएका साहको अवस्था स्थिर रहेको र थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि सैनिक अस्पताल ल्याइँदै छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विज्ञहरूको संयुक्त टोलीले बाढी गएको १० दिनपछि शुक्रबार दुवै जनालाई सुरुङबाट जीवितै उद्धार गरेको हो।