बाढीपीडितका लागि थाइल्यान्डको नगदसहित राहत सहयोग


काठमाडौँ । नेपालका बाढीपीडितका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट नगदसहित आपत्कालीन राहत सामग्री सहयोग गरेको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहायता हस्तान्तरण गरेका हुन्।

नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भने राहत सामग्री पनि नेपाल पठाइनेछ। थाइल्यान्डले नेपालको आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ।