काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले ‘आशाको किरण अझै जीवितै रहेको’ बताएका छन्।
भोटेकोशी विपद्पछि सुरुङमा फसेका सञ्जय साह र कबीर महर्जनलाई नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीले शुक्रबार जीवितै उद्धार गरेका हुन्।
उद्धार अभियानमा खटिएका सेना, प्रहरी, सशस्त्र प्रहरी तथा केन्द्रीय कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिँदै मन्त्री गुरुङले सुरुङभित्र उद्धार कार्य अझै जारी रहेको बताएका छन्।



















प्रतिक्रिया