काठमाडौँ । कृष्ण जन्माष्टमीको अवसरमा फिल्म ‘अक्षरा’ टिमले बौद्धमा भगवान श्रीकृष्णको रथयात्रा आयोजना गरेको छ।
बिहान १० बजे सुरु भएको रथयात्रामा अभिनेता सुशील सिटौला, पुष्कर राउत तथा निर्देशक विनयराज पौडेललगायत सहभागी थिए। उनीहरूले श्रीकृष्णको रथ काँधमा बोकेर बौद्ध आसपासका क्षेत्र परिक्रमा गरेका थिए।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रचारप्रसारसँगै धार्मिक आस्था पूरा गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको निर्देशक पौडेलले बताए।
भोटेकोशी बाढीपछि केही समय रोकिएको फिल्मको प्रचार अभियानलाई निर्माण टिमले पुनः अघि बढाएको हो। फिल्ममा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का र गीता अधिकारीलगायत कलाकारको अभिनय छ।



















प्रतिक्रिया