काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ल्याइएका शवमध्ये १७४ वटाको परीक्षण भइसकेको छ।
हालसम्म २४ शवको मात्रै पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको उनले जानकारी दिए।
अस्पतालमा ल्याइएकामध्ये १५१ शव र १० शवका विभिन्न अंगसहित १६१ शवको व्यवस्थापन भइसकेको डा. चौधरीले बताए।



















प्रतिक्रिया