काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९ सय र चाँदी ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।



















प्रतिक्रिया