ठमेल दुर्व्यवहार : आरोपी हुलिया बदलेर फरार


काठमाडौँ । ठमेलमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँ–१४ कलङ्कीका ३० वर्षीय सालिन साहलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा दुर्व्यवहारको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनाका बेला लामो कपालमा देखिएका साह पक्राउ पर्दा भने कपाल छोटो बनाएर हुलिया परिवर्तन गरेको अवस्थामा भेटिएका हुन्।

पीडितबाट सनाखत गराएपछि मात्रै थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।