काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ।
भेटमा खड्काले राखेका माग सम्बोधन गर्न थापा सकारात्मक देखिएपछि पार्टीभित्र सहमतिको सम्भावना बढेको नेताहरूले बताएका छन्।
यसैबीच सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार बिहान भेटवार्ता हुँदैछ। कोइरालाले राखेका विभिन्न प्रस्तावबारे छलफल हुने बताइएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले विवाद समाधानका लागि सभापति थापाले नेताहरूसँग निरन्तर छलफल गरिरहेको र सहमतिको सम्भावना प्रबल रहेको बताएका छन्। सहमति भए भदौ २४ गतेका लागि तय वडा अधिवेशन केही समय सर्न सक्ने बताइएको छ।



















प्रतिक्रिया