काठमाडौँ । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, शक्तिशाली आँधी, अत्यधिक वर्षा र टर्बुलेन्सले विश्वको उड्डयन क्षेत्रमा नयाँ चुनौती थप्दै गएको छ।
चरम मौसमका कारण उडान ढिलाइ, मार्ग परिवर्तन तथा उडान रद्द हुने घटना बढ्न सक्ने विज्ञहरूको चिन्ता छ। आँधीका कारण एकैपटक धेरै विमानस्थल प्रभावित हुँदा हवाई ट्राफिक व्यवस्थापनदेखि वैकल्पिक विमानस्थलमा पार्किङ र इन्धनको समस्यासम्म उत्पन्न हुन सक्छ।
अत्यधिक वर्षाले विमानस्थलका धावनमार्ग र पहुँचमार्गमा बाढी आउन सक्ने जोखिमसमेत बढाएको छ। त्यस्तै, ‘क्लियर–एयर टर्बुलेन्स’को जोखिम बढ्दा यात्रु तथा चालक दलको सुरक्षामा चुनौती थपिन सक्छ।
समुद्री सतह वृद्धि पनि तटीय विमानस्थलका लागि दीर्घकालीन जोखिम बनेको छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तनसँगै सुरक्षित, भरपर्दो र किफायती हवाई सेवा कायम राख्न विमानस्थल पूर्वाधार, मौसम पूर्वानुमान र उडान व्यवस्थापनमा थप लगानी आवश्यक हुनेछ।



















प्रतिक्रिया