काठमाडौँ। पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ग्यास ल्याइएको छ ।
नेपाल आयल निगमका अनुसार तराईका बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका १६ उद्योगमा काठमाडौंका सिलिन्डर रिफिल गरी काठमाडौं ल्याइएको हो ।
भदौ १८ देखि २० गतेसम्म ८७ हजार ८७७ सिलिन्डर रिफिल गरी काठमाडौं भित्र्याइएको निगमले जनाएको छ ।
सडक नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति तथा वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ ।



















प्रतिक्रिया