काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिसँगै बेपत्ता ९ जना दक्षिण कोरियाली नागरिकको खोजीबारे छलफल भएको छ।
बाढी प्रभावित क्षेत्रमा दक्षिण कोरियाको ‘कोरिया डिजास्टर रिलिफ टिम’ उद्धार तथा खोजी कार्यमा खटिएको छ। आवश्यक परे थप सहयोग र प्राविधिक जनशक्ति पठाउन तयार रहेको विदेशमन्त्री चोले बताएका छन्।
परराष्ट्रमन्त्री खनालले बेपत्ता कोरियाली नागरिकको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै विपद्का बेला कोरिया सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए।
उनले बाढीपछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार सुरक्षित तथा दिगो पूर्वाधार निर्माण अघि बढाइने बताए।



















प्रतिक्रिया