काठमाडौं । बाढीपछि विभिन्न स्थानमा फेला परेका थप ९० शव काठमाडौं ल्याइएको छ। ती शवमध्ये करिब ९० शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
शव व्यवस्थापनका लागि आज बेलुकी जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ। आईसीआरसी प्रोटोकलअनुसार शव व्यवस्थापन गर्न उपयुक्त स्थान खोजी भइरहेको काठमाडौं प्रहरी प्रवक्ता दानबहादुर थापाले बताए।
यसअघि गोकर्णेश्वर–७ दक्षिणढोकास्थित नेपाल ट्रस्टको वन क्षेत्रमा पहिचान नखुलेका तथा बेवारिसे शव व्यवस्थापन गरिएको थियो। त्यही स्थानमा थप शव व्यवस्थापन गर्न सकिने–नसकिनेबारे अध्ययन भइरहेको छ। सम्भव नभए ललितपुर वा भक्तपुरमा वैकल्पिक स्थान खोजिने प्रहरीले जनाएको छ।
व्यवस्थापन गरिएका शवको डीएनए नमुना सुरक्षित राखिनेछ। आफन्तले दाबी गरेमा डीएनए परीक्षणपछि शव बुझाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया