नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘दिमागी नक्सल’ टिप्पणीलाई लिएर विवाद चर्किएको छ। दिल्ली विश्वविद्यालयअन्तर्गत श्रीराम कलेज अफ कमर्स (एसआरसीसी) को शताब्दी समारोहमा सम्बोधन गर्दै मोदीले आफूले आलोचना गरेका विचारको समर्थन गर्नेहरू सार्वजनिक रूपमा देखिन थालेको बताएका थिए।
मोदीले गत स्वतन्त्रता दिवसमा प्रयोग गरेको ‘दिमागी नक्सल’ शब्दलाई पुनः दोहोर्याएका हुन्।
उनको अभिव्यक्तिको क्रक्च जनता पार्टी (सीजेपी) ले आलोचना गरेको छ। सीजेपीका सह–संयोजक सौरव दासले प्रश्न गर्ने र आफ्ना विचार राख्ने युवालाई यस्तो राजनीतिक लेबल लगाउनु उचित नभएको बताए।
सीजेपीले प्रधानमन्त्रीले शिक्षा, रोजगारी, विद्यार्थी कल्याण र कलेजका पूर्वाधारजस्ता विषयमा ध्यान दिनुपर्ने बताएको छ। संगठनका अर्का सह–संयोजक आशुतोष रांकाले पनि एसआरसीसीजस्तो शैक्षिक संस्थामा राजनीतिक आरोपभन्दा युवाका वास्तविक समस्यामाथि बहस हुनुपर्ने धारणा राखे।
मोदीको टिप्पणीसँगै युवाका प्रश्न र असहमतिलाई राजनीतिक लेबल लगाउने विषयमा भारतमा नयाँ बहस सुरु भएको छ।



















प्रतिक्रिया