काठमाडौं । ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको दृश्य भाइरल भएपछि पक्राउ परेका शालीन साह हुलिया बदलेर भाग्न खोज्दा कलंकीबाट पक्राउ परेका छन्।
भदौ १८ गतेको घटनासँग सम्बन्धित भिडियोमा लामो कपाल र दाह्री–जुँगा भएका साहले पक्राउबाट बच्न आफ्नो हुलिया परिवर्तन गरेका थिए। ३० वर्षीय साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को संयुक्त टोलीले शनिबार कलंकीस्थित तासिनडोलबाट पक्राउ गरेको हो।
पक्राउपछि साहलाई थप अनुसन्धान तथा मुद्दा चलाउने प्रयोजनका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको छ। घटनास्थल ठमेल लैनचौर प्रहरी वृत्तको कार्यक्षेत्रमा पर्ने भएकाले थप अनुसन्धान सोही वृत्तबाट हुने प्रहरीले जनाएको छ।



















प्रतिक्रिया