नवलपरासी । रसुवा बाढीले बगाएर नारायणी नदी हुँदै पश्चिम नवलपरासीमा ल्याएका शवमध्ये २०६ वटा व्यवस्थापन गरिएको छ। अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरेपछि शवहरू बर्दघाट र सुनवलका सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार नवलपरासीमा ल्याइएका शवमध्ये हालसम्म ९ जनाको सनाखत भएको छ। केही शव अझै परासी अस्पतालमा रहेको उनले बताए।
नारायणी नदीले बगाएर ल्याएका अन्य शवको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। यसैबीच, नवलपरासी हुँदै भारत पुगेका १९ वटा शवसमेत प्रहरीले बुझेर व्यवस्थापन गरेको छ।



















प्रतिक्रिया