काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने तयारीमा जुटेका छन्। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी तीव्र पारेका छन्।
यसपटक प्रधानमन्त्रीसहित १० देखि ११ सदस्यीय सानो टोली अमेरिका जाने तयारी छ। प्रधानमन्त्री बालेनले महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ।
सुरुमा महासभामा परराष्ट्रमन्त्री जाने तय भए पनि भोटेकोशीमा आएको हिमबाढीपछि प्रधानमन्त्री स्वयं महासभामा जाने निर्णयतर्फ अघि बढेका हुन्। उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद् र त्यसको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया