सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा पहिरो खस्दा शनिबारदेखि सडक अवरुद्ध भएको छ।
अविरल वर्षासँगै लेदोसहितको पहिरो खसेपछि हुम्ला, जुम्ला, मुगु र कालिकोटबाट सुर्खेततर्फ तथा सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भए पनि दुईवटा मेसिन प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। वर्षा कम भए आइतबार नै सडक सञ्चालनमा ल्याउने तयारी छ।



















प्रतिक्रिया