काठमाडौँ । धनुषाको महेन्द्रनगरबाट प्रहरीले २ सय ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जितकुमार राम र धनुषाका राकेश राम छन्। लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सञ्जितकुमारले भारतबाट हेरोइन ल्याएर मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने तयारी गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया