काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने तयारी गरेका छन्।
आइतबार बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले विपद्का बेला पार्टी नेतृत्व प्रभावित क्षेत्रमा पुगेर अवस्था बुझ्नुपर्ने सुझाव दिएपछि प्रचण्ड र नेपाल फिल्डमा जाने तयारीमा जुटेका हुन्।
भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। नेकपाले यसअघि नै खोजी, उद्धार तथा राहतका लागि पार्टी पङ्क्तिलाई परिचालन गरिसकेको छ।
बैठकले प्रभावित क्षेत्रमा पुगेर पीडितको समस्या र आवश्यकताबारे जानकारी लिन प्रचण्ड र नेपाललाई सुझाव दिएको नेता गङ्गालाल तुलाधरले बताए।




















प्रतिक्रिया