बाढीको विषयमा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति, एक जना पक्राउ


काठमाडौँ । भोटेकोशी बाढीमा भएको जनधनको क्षतिबारे सामाजिक सहिष्णुतामा खलल पुग्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीका २४ वर्षीय वीरेन्द्र मडै छन्। साइबर ब्युरोले उनलाई भदौ २० गते पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार मडैले बाढीमा मानिस बगेको विषयमा खुसी व्यक्त गर्दै विभिन्न जातिलाई लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएका थिए। उक्त भिडियो फेसबुक रिलमार्फत प्रसारण भएपछि उनलाई पक्राउ गरिएको हो।