प्राकृतिक विपत्तिमा हातेमालो गर्न निधीको आग्रह


काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक तथा दलीय मतभेद त्यागेर सबै पक्ष एकजुट हुन आह्वान गरेका छन्।

जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै निधीले विपद्को समयमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।

बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले उद्धारमा खटिएका सुरक्षा निकायको प्रशंसा गरे। साथै, विपत्तिको घडीमा जात, धर्म र राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

जलविद्युत् आयोजनासहित भौतिक संरचनामा भएको क्षति गम्भीर रहेको भन्दै उनले पुनर्निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।