राष्ट्रपति पौडेल भोटेकोशीमा, बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिएका छन्।

सोमबार नुवाकोटको विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्र पुगेर उनले सुरक्षा निकाय तथा सरोकारवालासँग बाढीपछिको अवस्थाबारे छलफल गरे।

राष्ट्रपति पौडेलले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन र पुनरुत्थानका कामबारे जानकारी लिँदै प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरको अवलोकन गर्ने कार्यक्रम रहेको छ।