काठमाडौँ । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तको पानियाईमा भीषण आगलागी हुँदा ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।
सोमबार मध्यरातपछि बजार क्षेत्रमा लागेको आगो तीव्र रूपमा फैलिँदा कम्तीमा ४० घर तथा पसल जलेर नष्ट भएका छन्। तीन घण्टाभन्दा बढी प्रयासपछि दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकमध्ये पाँच वयस्क र ६ बालबालिका छन्। मृतक बालबालिकाको उमेर २ देखि ९ वर्षसम्म रहेको बताइएको छ।
आगलागीको कारण खुलेको छैन। बाक्लो बस्ती र घर–पसल एकअर्कासँग जोडिएका कारण आगो नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।



















प्रतिक्रिया