काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्माले भोटेकोशी बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
भाद्र १० गते आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्। उनले बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिन र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
शर्माले विपत्ति कुनै एक क्षेत्र वा समुदायको मात्र नभई सिंगो राष्ट्रको साझा पीडा भएको बताए। उद्धार, राहत र पुनर्स्थापनाका लागि सबैले हातेमालो गर्दै पीडितको दुःखमा साथ दिनुपर्ने उनको भनाइ छ।



















प्रतिक्रिया