काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुगे पनि सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा सेनाका अधिकारीले आयोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भनिए पनि सबै सुरुङभित्र नफसेको स्पष्ट पारे।
उनका अनुसार सुरुङभित्र फसेकाको संख्या करिब १२१ रहेको छ। यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढीमा परी ९८३ जना सम्पर्कविहीन भएको जनाएको थियो।



















प्रतिक्रिया