राष्ट्रपति पौडेल आज राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले सोमबार दिउँसो साढे ३ बजे देशवासीलाई सम्बोधन गर्नेछन्।

राष्ट्रपति पौडेल सोमबारै त्रिशूली बाढी प्रभावित नुवाकोट पुगेर क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौँ फर्किएका थिए।

भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रको अवलोकनपछि हुन लागेको राष्ट्रपतिको सम्बोधनलाई चासोका साथ हेरिएको छ।