धादिङ । सभामुख डोलप्रसाद अर्यालले विपद्पीडित नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउन तीनै तहका सरकारलाई आग्रह गरेका छन्।
धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै उनले पीडितले तत्काल राहत र सुरक्षित बसोबास पाउनु सरकारको पहिलो दायित्व भएको बताए। “एक जना पनि पीडित नागरिकले ‘सरकार पाइनँ’ भन्ने अवस्था आउनुहुँदैन,” उनले भने।
अर्यालले राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी बनाउँदै वास्तविक पीडितको पहिचान गरी समान रूपमा राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए। साथै, जोखिमयुक्त बस्ती सुरक्षित स्थानान्तरण र दीर्घकालीन पुनर्निर्माणलाई भविष्यको जोखिमसमेत ध्यानमा राखेर अघि बढाउनुपर्ने बताए।



















प्रतिक्रिया