बेरुत । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ। यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप ७ जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
नबातिह क्षेत्रको फार रुम्मानमा रातभर भएको आक्रमणमा तीनतले आवासीय भवन ध्वस्त हुँदा ९ जनाको मृत्यु भएको थियो। लक्षित गाडीमा रहेका दुई उद्धारकर्मीसमेत मारिएका छन्।
इजरायलले हिजबुल्लाहले ड्रोन आक्रमण गरेको र दक्षिण लेबनानमा सैन्य क्षमता पुनःनिर्माण गरिरहेको आरोप लगाउँदै कारबाही तीव्र पारेको जनाएको छ। हिजबुल्लाहले भने इजरायलको पछिल्लो दाबीबारे प्रतिक्रिया दिएको छैन।
यसैबीच, लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली आक्रमण रोक्न अमेरिका र अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। मार्चयता इजरायली आक्रमणमा ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको बेरुतले जनाएको छ।



















प्रतिक्रिया