काठमाडौं । सरकारविरुद्ध आवाज उठाउँदै जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा खड्काले जेनजी आन्दोलनका घाइतेका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध जनाएका थिए।
आफूलाई बोल्न दिनुपर्ने माग गर्दै आवाज उठाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।
आन्दोलनका क्रममा घाइते भएका खड्काले ‘घाइतेका पीडा नसुन्ने सरकारसँग प्रश्न गर्न पनि नपाइने?’ भन्दै विरोध जनाएका थिए। सरकारले जेनजी आन्दोलनका घाइते तथा प्रभावितका सवालमा प्रभावकारी काम नगरेको उनको आरोप छ।
जेनजी आन्दोलनमा गोली खाएका घाइतेकै आवाज सहिद दिवसको कार्यक्रममा रोकिएपछि घटनाले थप प्रश्न उठाएको छ।




















प्रतिक्रिया