रसुवा । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा प्राविधिक सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।
विदेशी विज्ञसहितको उद्धार टोलीलाई पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले घिसिङलाई आग्रह गरेको हो। सेनाको आग्रहपछि घिसिङ आज उद्धारस्थलतर्फ प्रस्थान गरेका छन्।
घिसिङले यसअघि पनि चिलिमे जलविद्युत् आयोजनाको सुरुङ तथा आसपासको क्षेत्रको स्थलगत रेकी गरेका थिए। उद्धार कार्यलाई प्रभावकारी बनाउन आयोजनाको भौगोलिक अवस्था, सुरुङको संरचना तथा प्राविधिक पक्षबारे उनको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।
हाल नेपाली सेना तथा विदेशी विज्ञसहितको टोलीले सुरुङभित्र उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। उद्धारका क्रममा आवश्यक प्राविधिक समन्वय र सुरक्षालाई प्राथमिकतामा राखिएको छ।




















प्रतिक्रिया