जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रचण्डको जोड


जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन्।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले हिमाल पग्लिनु वातावरणीय समस्यामात्र नभई मानव सभ्यता र अस्तित्वसँग जोडिएको गम्भीर विषय भएको बताए।

उनले जलवायु परिवर्तनको असर पानी, कृषि, जैविक विविधता र अर्थतन्त्रमा समेत परिरहेको भन्दै यसबारे अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।

भोटेकोशी बाढीका बेला सुरुङमा फसेकाको उद्धारमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको पर्याप्त प्रयोग गर्न नसक्नु सरकारको कमजोरी भएको उनको आरोप थियो।