उत्तरका दुई नाका बन्द, व्यापारको केन्द्र बन्दै कोरला


मुस्ताङ । रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन व्यापारका लागि कोरला नाका मुख्य वैकल्पिक मार्ग बनेको छ।

रसुवागढी नाका बन्द भएपछि केरुङमा रोकिएका १७६ कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भएका छन्। अहिले दैनिक ५० भन्दा बढी कन्टेनर चीनको लिजी हुँदै कोरला प्रवेश गर्न थालेका छन्।

भन्सार कार्यालयका अनुसार भदौ १० पछि कोरला नाकाबाट १३० विद्युतीय गाडी र ८८ मालवाहक कन्टेनर जाँचपास भइसकेका छन्। यससँगै भन्सार राजस्व पनि बढेको छ।

चालु आर्थिक वर्षमा मुस्ताङ भन्सारले ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य राखेकोमा रसुवागढी र तातोपानी बन्द भएपछि लक्ष्यभन्दा बढी राजस्व उठ्ने अपेक्षा गरिएको छ।