काठमाडौँ । भोटेकोशी बाढी प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
इनड्राइभ नेपालका प्रतिनिधिहरूले बुधबार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम जारी छन्।
इनड्राइभले कोषमा आर्थिक सहयोगसँगै प्रभावित समुदायलाई प्रत्यक्ष राहतसमेत उपलब्ध गराएको जनाएको छ। नुवाकोटको विदुर–९ का प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट र स्यानिटरी प्याडलगायत सामग्री वितरण गरिएको छ।



















प्रतिक्रिया