कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन


काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले विपत्तिको मौका छोपेर कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गर्नेलाई तत्काल कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको बताएका छन्।

उनले बजारमा कालोबजारी तथा उपभोक्ता ठगी गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।