मकवानपुर। बागमती प्रदेशसभाका राप्रपाका ५ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस अस्वीकार भएको छ।
उपसभामुख अप्सरा चापागाईंले पूर्वसभामुख भुवनकुमार पाठकसहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई पदमुक्त नगर्ने निर्णय गरेकी हुन्।
प्रदेशसभा सचिवालयका अनुसार सांसद पदमुक्त गर्ने प्रक्रिया कानुनसम्मत नभएको र संसदीय दललाई त्यस्तो कारबाहीको अधिकार नरहेको देखिएकाले सिफारिस अस्वीकार गरिएको हो।
सांसद निष्कासनका लागि केन्द्रीय समिति र अनुशासन समितिको प्रक्रिया पूरा गर्नुपर्नेमा संसदीय दलबाटै कारबाही सिफारिस गरिएको सचिवालयले जनाएको छ।
यससँगै राप्रपाका ती ५ सांसदको प्रदेशसभा सदस्य पद यथावत् रहने भएको छ।




















प्रतिक्रिया