काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।
यादवले व्यक्तिगत कारणले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ। पछिल्लो समय मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी यादवले राजीनामा दिएसँगै उनको कार्यकाल समाप्त भएको छ।
राजीनामा बुझाएपछि यादवले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग, सहकार्य र सद्भाव प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
उनले मन्त्रालयका कर्मचारी, सम्बन्धित निकाय तथा आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै आगामी दिनका लागि समेत शुभेच्छा व्यक्त गरेकी छन्। यादवको राजीनामापछि अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा चासो बढेको छ।




















प्रतिक्रिया