ग्यास अभावबारे आयल निगमदेखि व्यापारीसम्मलाई एकै ठाउँमा बोलाउन माग


काठमाडौं । रास्वपा सांसद बोध नारायण श्रेष्ठले भारतबाट ग्यास नियमित आए पनि वितरण प्रणालीमा गडबडी हुँदा अभाव देखिएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले समस्या कहाँ र कसका कारण भएको हो भन्ने जनताले स्पष्ट थाहा पाउनुपर्ने भन्दै सम्बन्धित मन्त्रालय, नेपाल आयल निगम, ग्यास उद्योगी र व्यापारीलाई एउटै ठाउँमा राखेर सार्वजनिक बैठक गर्न माग गरे।

ग्यास आपूर्ति सहज बनाउन हाल सञ्चालनमा रहेका २० वटा ढुवानी गाडी बढाएर १०० वटा पुर्‍याउनुपर्ने तथा दीर्घकालीन रूपमा विद्युतीय चुल्होमा विशेष छुट दिने योजना ल्याउनुपर्ने उनको सुझाव छ।