काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले छानबिन थालेको छ।
घटनाको सत्यतथ्य बुझ्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रारसहित पाँच सदस्यीय टोली बिहीबार नै राजविराज जाने भएको छ। मन्त्रालयका अधिकारी पनि टोलीसँगै जानेछन्।
मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण माग्दै स्थलगत छानबिनपछि दोषी देखिए कानुनअनुसार कारबाही गर्ने जनाएको छ। अस्पतालले पनि छुट्टै छानबिन समिति गठन गर्ने भएको छ।



















प्रतिक्रिया