काठमाडौं । रास्वपाका महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरू तीव्र गतिमा पुनर्निर्माण गरिसके पनि सिंहदरबार, संसद् भवन र अन्य सरकारी संरचना अझै उस्तै रहेको बताए।
सरकारले राज्यका प्रमुख संरचना पुनर्निर्माण गर्न नसकेको अवस्थामा रसुवा, नुवाकोटलगायत विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्नेमा नागरिकले कसरी विश्वास गर्ने भन्दै आचार्यले प्रश्न गरे।



















प्रतिक्रिया