काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले धादिङ, रसुवा र नुवाकोटका बाढी तथा विपद् प्रभावितका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रभावित नागरिक तथा व्यवसायीको बैंक ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नहुँदासम्म मिनाहा गर्न माग गरिन्।
ग्यास अभावका विषयमा उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिको आलोचना गर्दै उनले भनिन्, ‘नागरिकलाई पाता फर्काउने धम्की होइन, सहज रूपमा ग्यास चाहिएको छ।’ विपद्का बेला सरकारको प्राथमिकता नागरिकको चुलो र पीडा हुनुपर्ने उनको जोड थियो।



















प्रतिक्रिया