चिलिमे सुरुङको मुखसम्म सडक पुगेपछि उद्धारमा सहजता


काठमाडौं । रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धारका लागि नेपाली सेनाले सुरुङको मुखबाट करिब ३० मिटर नजिकसम्म पहुँचमार्ग निर्माण गरेको छ।

स्याफ्रबेँशी हुँदै सुरुङसम्म हेभी उपकरण पुर्‍याउन सेनाले सडक बनाएको हो। हेलिकप्टरबाट ठूला उपकरण लैजान सम्भव नभएपछि सडकमार्फत उपकरण पुर्‍याएर उद्धार अघि बढाउने तयारी गरिएको छ।

चिलिमे सुरुङभित्र ८ जना फसेका छन्। नेपाली सेना र भारतीय टनेल विशेषज्ञको टोलीले ११५ मिटरसम्म पुगेर डेब्रिज हटाउँदै खोजी गरिरहेको छ।