राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि रोकियो


काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठक स्थगित भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएपछि बैठक स्थगित गरिएको हो।

राष्ट्रियसभा अध्यक्षले अर्को बैठक भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजे बस्ने जानकारी गराएका छन्।

आजको बैठकमा सांसदहरूले जनजीविका, विपद् व्यवस्थापन तथा सरकारको कार्यशैलीबारे प्रश्न उठाएका थिए। बैठकमा कानुनमन्त्री गौतमले आफ्नो अभिव्यक्तिबारे सदनसमक्ष स्पष्टीकरणसमेत दिएकी थिइन्।