विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय गर्न आचार्यको आग्रह


काठमाडौं । रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले बाढीबाट रसुवाका अधिकांश घर प्रभावित भएको भन्दै पीडित नागरिकको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले अवरुद्ध सडक तथा यातायात सञ्जाल तत्काल सञ्चालनमा ल्याउन संघ र प्रदेश सरकारसँग माग गरे। साथै, बाढीको त्रासका कारण प्रभावित नागरिकमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई समेत प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिए।

विगतको भूकम्पपछिको पुनर्निर्माणजस्तो ढिलासुस्ती नगरी रसुवाको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउनुपर्ने आचार्यको भनाइ छ।