काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमाथि शिक्षा क्षेत्रलाई ध्वस्त पारेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले विश्वविद्यालयहरू स्वायत्त हुँदाहुँदै शिक्षा मन्त्रालयले हस्तक्षेप गर्दै पदाधिकारीलाई बोलाएर ‘लाइन लगाउने’ काम गरेको आरोप लगाए।
विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारजस्ता पदमा मधेसीसहित सबै समुदायका योग्य व्यक्तिको समान सहभागिता हुनुपर्ने उनको भनाइ छ। उनले प्रश्न गरे, ‘यो देशमा सबैलाई समान अधिकार छ भने दलितको नियुक्ति खोइ ?’




















प्रतिक्रिया