बिर्तामोडमा खुलेआम अनलाइन बेटिङ, तीन जना पक्राउ


झापा । बिर्तामोडबाट गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेबाट ४१ वर्षीय किरण कान्दङ्वा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईं पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट बेटिङमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू लामो समयदेखि अनलाइन सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।